पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. १० साबिक सुडा गाउँ विकास समितिको वडा ननम्बर ४ र दैजी गाविसको वडा नम्बर ९ लाई कायम गरि बनेको छ । यहाँको जनसंख्या ९०५१ रहेको छ । यस वडाका जनप्रतिनिधि रतन सिंह बिष्ट २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि तथा बाणिज्य क्षेत्रमा आधारित छ ।