नेपालको सुदूर पश्चिचम प्रदेश अन्तरगत महाकाली अञ्चल, कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित भिमदत्त नगरपालिकाको पूर्वी सिमाना संग जोडिएको सुडा गा.वि.स. र दैजी गा.वि.स.को कुल क्षेत्र भित्र पर्ने सम्पूर्ण क्षेत्र प्रस्तावित बेदकोट नगरपालिका हो । कञ्चनपुर जिल्लाको सदरमुकाम देखि ३ कि.मि.१३ कि.मि. पूर्व सम्म रहेको र महेन्द्र राजमार्ग तथा जोगबुढा डडेल्धुरा सडक समेत रहेको नगर उन्मुख क्षेत्रको रुपमा विकासशिल क्षेत्र हो । यस नगरपालिकाको सिमाना अन्तरगत पूर्व तर्फ शुक्लाफाटा वन्यजन्तु आरक्ष अर्जुनी पोष्ट(झलारी पिपलाडी न.पा.), पश्चिम तर्फ भिमदत्त नगरपालिका, उत्तर तर्फ चुरे श्रृंखला (डडेल्धुरा जिल्ला) तथा दक्षिण तर्फ शुक्लाफांटा आरक्ष रहेको छ भने यसको कुल क्षेत्रफल सुडा गा.वि.स.को ५८.५ वर्ग कि.मि.तथा दैजी गा.वि.स.को १०० वर्ग कि.मि. गरी जम्मा १५८.५ वर्ग कि.मि. रहेको छ ।